म्यानमारमा शक्तिशाली भुकम्प, थाइल्याड पनि प्रभावित

595
Shares


काठमाडौं । म्यानमारमा शुक्रबार गएको दुईवटा शक्तिशाली भुकम्पनीको धक्काले ठूलो धनजनको रुक्ष्ति भएको छ । शुक्रबार ७.७ र ६.४ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पहरू गएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

जसले थाइल्यान्डमा समेत ठूलो असर पारेको छ। पहिलो भूकम्प म्यानमारको सागाइङ शहरबाट १६ किलोमिटर उत्तरपश्चिममा केन्द्रिबिन्दु बनाएर दिउाँसो १२ः५० मा गाएको हो । जमिनको सतहबाट १० किलोमिटर गहिराइमा उक्त भूकम्पको केन्द्र रहेको बताईएको छ ।

उक्त भूकम्पका कारण म्यानमारको राजधानी ‘नेपीट’मा सडकहरू चिरिएको चिनियाँ समाचार संस्था एएफपीलाई उदृत गर्दै अल जजिराले लेखेको छ । म्यानमारको राजधानी नेपीटमा भवनहरूबाट छतका टुक्राहरू खसेका छन्।

ठूला भवनहरु भग्नावशेषमा पणित भएको तस्वीकरहरु आए पनि त्यसको पुटिक गर्न नसककिएको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

म्यानमारका साथै छिमेकी देश थाइल्यान्डको राजधानी बैंककमा पनि ठुलो धक्का महसुस भएको बताइएको छ । बैंकको ठुला भवनहरूमा रहेका बासिन्दाहरू बाहिर निकालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अलजजिराका अनुसार बैंककमा एक निर्माणाधीन भवन भत्किएको र ४३ जना कामदारहरू फसेको बताइएको छ । म्यानमारसँग सीमा जोडिएको चिनको पनि केही क्षेत्रमा भुकम्पनको कडा धक्का महसुस धभएको बताइएको छ । भारत र बंगलादेशमा पनि भुकम्पको धक्का महसुस भएको बताइएको छ ।

भूकम्पबाट कति क्षति भयो भन्ने जानकारी प्राप्त नभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।