
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयले संसद्को सार्वजनिक लेखा समितिमा चर्काचर्की भएको छ ।
सोमबार मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गरेपछि मंगलबार बसेको लेखा समितिको बैठकमा माओवादी सांसद अमनलाल मोदीले घिसिङका विषयमा बोल्न खोजेका थिए ।
उनले बोल्न खोजेपछि सत्तारुढ सांसदहरूले प्रतिवाद गरेका थिए । सत्ता पक्षका सांसदले सुरुमा बोल्न नमिल्ने भएकाले आफ्नो पालोआएपछि मात्र बोल्न भनेका थिए । त्यसपछि दुई पक्षका सांसदहरुबीच चर्काचर्की भएको थियो ।
सुरुमा सभापति ऋषिकेश पोखरेल र मोदीबीच चर्काचर्की भएको थियो । मोदीलाई रास्वपा सांसदहरुले साथ दिएका थिए ।
प्रतिक्रिया