प्रदर्शनकारीको नारा: कता हिँडेको बिजुली मारेर, कुलमान फालेर (तस्बिरहरू)

238
Shares

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको बिरोधमा काठमाडौं बिरोध प्रदर्शन भएको छ ।

मंगलबार माइतीघर मण्डला, बानेश्वर लगायतका क्षेत्रमा प्रदर्शन भएको हो ।

‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, नेपाललाई अन्धकार होइन उज्यालो चाहिन्छ, हामी हेरेको हेर्यै, सरकार जान्ने भो धेरै’ जस्ता नारा लेखिएको प्ले कार्डसहित सरकारको बिरोधमा प्रदर्शन भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउनले निर्णय गरेको थियो । सरकारले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई प्राधिकरण प्रमुखमा नियुक्त गरेको छ ।