प्राधिकरणको भरतपुर वितरण केन्द्रको डिजिटल डिस्प्लेमा प्रधानमन्त्री ओलीविरुद्धको नारा !

2k
Shares

चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको नारा डिस्प्ले भएको छ ।

कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएको सोमबार प्रधानमन्त्री ओलीविरुद्धको नारा प्राधिकरणको भरतपुरस्थित केन्द्रको डिस्प्लेमा देखिएको हो ।

यस विषयमा अनुसन्धान गरिरहेको नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।

यस्तो कसरी भयो भनेर सूचना प्रविधि विज्ञहरुसँग समेत सम्पर्क गरेर अनुसन्धान भइरहेको केन्द्रले जनाएको छ ।

डिजिटल बोर्डमा के राख्ने/नराख्ने भन्ने पहुँच कार्यालय प्रमुखसँग हुने भए पनि त्यसलाई ह्याक गरिएको हुन सक्ने केन्द्रको भनाइ छ ।

दिउँसो १२ बजेदेखि करिब १ बजेसम्म डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्ध लेखिएको नारा डिस्प्ले भएको थियो । सेवाग्राहीले नारा देखेपछि कार्यालयमा खबर गरेका थिए । त्यसपछि उक्त नारा हटाइएको थियो ।