
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको छ।
सरकारले कुलमान घिसिङलाई प्रबन्ध निर्देशकबाट बर्खास्त गर्ने निर्णय गरेपछि प्राधिकरणको केन्द्रीय कार्यालयअगाडि सुरक्षा सतर्कता बढाइएको हो ।
सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई बर्खास्त गर्दै प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

घिसिङलाई बर्खास्त गरेसँगै रत्नपार्क आसपासका क्षेत्रमा प्रदर्शन हुनसक्न सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको हो ।
यसैबीच एकीकृत समाजवादीनिकट संगठनहरुले घिसिङलाई हटाएको बिरोधमा मंगलबार बिहान प्रदर्शनीमार्गमा प्रदर्शन गरेका छन् ।

उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुत्ला दहनसमेत गरे।

घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध जनाएका छन् भने सत्तारुढ दल कांग्रेसका महामन्त्रीले पनि घिसिङ हटाउने निर्णयको बिरोध गरेका छन् ।
मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया