कुलमानलाई हटाएको बिरोधमा प्रदर्शन, ऊर्जा मन्त्रीको पुत्ला जलाइयो (फोटो फिचर)

1k
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको विरोधमा प्रदर्शन भएको छ ।

एकीकृत समाजवादीनिकट संगठनहरुले बिरोध प्रदर्शन गरेका छन्।

घिसिङ हटाइएको विरोधमा एकीकृत समाजवादीनिकट युवा संघ, अनेरास्ववियू लगायत संठनका नेताहरूले मंगलबार काठमाडौंको प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसअगाडि बिरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको पुतला दहन गर्दै सरकारविरूद्ध नाराबाजीसमेत गरे ।

घिसिङलाई प्राधिकरणबाट बर्खास्त गरेको भन्दै सरकारको चर्को आलोचना भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध जनाएका छन् भने सत्तारुढ दल कांग्रेसका महामन्त्रीले पनि घिसिङ हटाउने निर्णयको बिरोध गरेका छन् ।

मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।