
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारदकुमार लुँइटेल नियुक्त गर्ने मन्त्रिपरिषद्ले निर्णय गरे पनि मुख्य सचिवले टिप्पणी नउठाउँदा उनको नियुक्ति अन्योलमा परेको पाइएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई सीईओ नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले क्लिकमान्डुलाई जानकारी दिएका थिए । तर, मंगलबार सरकारका प्रवक्ता पृथ्वि सुब्बा गुरुङले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउँदा सीईओ नियुक्तिबारे उल्लेख थिएन ।
‘नेप्सेका सीईओका विषयमा निर्णय भएको भए पनि विवादमा पर्न सक्ने भन्दै सरकारले फिर्ता गरेकाले मुख्य सचिवले टिप्पणी नउठाएका हुन्,’ स्रोतले भन्यो, ‘सम्भवत अबको मन्त्रिपरिषद्ले थप केही निर्णय गर्छ होला ।’
नेप्सेको सीईओका लागि १० जनाको आवेदन परेकामध्येबाट लुइँटेलसहित, पूर्णप्रसाद आचार्य, हेमन्त बस्याल, बद्रीप्रसाद प्याकुरेल र चुडामणी चापागाईं सर्ट लिष्टमा परेका थिए ।
*सच्याइएको- सम्पादक








प्रतिक्रिया