
काठमाडौं । नेपाली बजारमा हुन्डाईको क्रेटा ईभी सार्वजनिक भएको छ । हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कार सार्वजनिक गरेको हो । भारतमा केही महिना अघि सार्वजनिक भएको कार नेपाल आएको हो ।
कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यो कारको टप भेरियन्ट मूल्य ५९ लाख ९६ हजार रहेको छ ।

भारत मोबिलिटी ग्लोबल एक्स्पो–२०२५ मार्फत यो कार भारतीय बजारमा सार्वजनिक भएको थियो ।
लक्ष्मी कन्टिनेन्टलले पेट्रोलबाट चल्ने क्रेटा १० हजार युनिटभन्दा धेरै बिक्री गरिसकेको छ । क्रेटा ईभी पनि लोकप्रियताका साथ बिक्री हुने कम्पनीको विश्वास छ ।
हुन्डाईले क्रेटा ईभी ९९ किलोवाट र १२६ किलोवाट मोटर अप्सनमा उपलब्ध गराउनेछ । ९९ किलोवाटको मोटरसँग ४२ किलोवाट क्षमताको ब्याट्री हुनेछ । यसले ३९० किमी रेन्ज दिन्छ ।
१२६ किलोवाटको मोटरसँग ५१.४ किलोवाटको ब्याट्री हुनेछ । यसले ४७३ किमी रेन्ज दिन्छ । लुक्स र डिजाइन क्रेटाको जस्तै हुनेछ भने इन्टेरियरमा केहि परिवर्तन हुने कम्पनीले बताएको छ ।

डीसी फास्ट चार्जरको माध्यमबाट १० देखि ८० प्रतिशत चार्ज गर्न ५८ मिनेट लाग्ने छ। घरमा प्रयोग गरिने ११ किलोवाट एसी चार्जरले ब्याट्रीलाई पूर्ण चार्ज गर्न करिब ४ घण्टा समय लिने जनाइएको छ ।
हुन्डाई क्रेटा ईभीको डिजाइन पेट्रोल र डिजेल संस्करणसँग मिल्दोजुल्दो छ । तर, इलेक्ट्रिक मोडलका लागि केही परिवर्तनहरू गरिएको छ । ब्ल्याक–आउट ग्रिल, चार्जिङ पोर्टका लागि विशेष फेन्डर, एक्टिभ एयर फ्ल्याप, र नयाँ बम्पर डिजाइन यसलाई अझ आकर्षक बनाएको छ ।

इन्टेरियरमा यो गाडी अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । १०.२५ इन्चको डुअल स्क्रीनः इन्फोटेनमेन्ट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरका लागि। प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिट्स, ३६० डिग्री क्यामेरा, र भीटूएल (भेइकल टू लोड) जस्ता सुविधाले गाडीलाई नयाँ स्तरमा पु¥याउने कम्पनीको दाबी छ ।

यस इलेक्ट्रिक गाडीमा अडभान्स ड्राइभर असिस्टेन्स सिस्टम जस्ता प्रविधिहरू समावेश छन् । जसमाः लेन कीप असिस्ट, फर्वार्ड कोलिजन वार्निङ, ब्लाइन्ड स्पट वार्निङ, अडाप्टिभ क्रुज कन्ट्रोल लगायत रहेका छन् ।
६ एयरब्याग रहेको क्रेटा ईभीमा एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इडिन्केटर विथ फ्लास एडजस्टमेन्ट जस्ता सुरक्षा फिचर छन् । टिमरसहितको रियर डिफोगर, अटो होल्डसहितको ईपीबी र एफआर क्यामेरा, राडार र आरआर राडारसहितको एडास फिचर गाडीमा छ ।

क्रेटा ईभीले ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ ।

गाडीको ब्याट्रीबाट अन्य कुरा चार्ज गर्न एवं उपकरण चलाउन भीटूएल, एक्यूआई इन्डिकेटर, ड्राइभ मोडल सिलेक्ट, रियर वाईपर र वासर, क्रुज कन्ट्रोल सुविधा छ ।
प्रतिक्रिया