
काठमाडौं । हुन्डाईको लोकप्रिय एसयूभी क्रेटा नेपालमै एसेम्बल हुन थालेको छ । हुन्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले निर्माण गरेको एसेम्बल प्लान्टमा यो कार बन्न थालेको हो ।
हुन्डाईको सेल्स हेड दिवाकर रेग्मीले भेन्युपछि क्रेटा पनि नेपालमै बन्न थालेको बताए । नेपालमा बनेको कार यसअघिको मूल्यभन्दा ९ लाख रूपैयाँ सस्तो पर्नेछ ।
व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुण्डाईका गाडी उत्पादनका लागि नवलपरासीमा एसेम्ब्लिङ प्लान्ट खोलेको हो । प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको थियो ।
करिब १० बिघा जग्गामा एसेम्बीङ प्लान्ट फैलिएको छ ।
यो प्लान्टको १.५ युनिट पर आवर (युपीएच) क्षमता छ । अर्थात प्लान्टले एक घण्टामा १.५ युनिट गाडी उत्पादन गर्न सक्छ ।
लक्ष्मी ग्रुपले भेन्युपछि ग्राण्ड आइटेन र क्रेटा(ईभी) एसेम्बल गर्ने उद्घोष गरेको थियो । जसअनुसार २०२५ को मार्चदेखि क्रेटा नै उत्पादन थालेको हो ।
हुन्डाईले आज क्रेटा ईभी संस्करण नेपाली बजारमा लन्च गरेको छ ।
प्रतिक्रिया