
काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले महिलालाई अवसर दिए देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्नसक्ने बताएका छन् । सोमबार काठमाडौंमा खानेपानी उपभोक्ता संस्थामा महिला नेतृत्व ‘अवस्था, अवसर र चुनौती’ विषयक अन्तरक्रिया गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले महिलाहरु कमजोर नभएको बताए । उनले महिलालाई अवसर दिने हो भने देशको प्रधानमन्त्री बनेर सबैभन्दा राम्रो काम गर्ने जिकिर गरे ।
नेपालमा राष्ट्राध्यक्ष बनेर विद्यादेवी भण्डारीले नेतृत्व गरिसकेको उल्लेख गर्दै महिलाहरु कमजोर नरहेको बताए ।
नेपालको राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मुख्यसचिव बनेर देशको नेतृत्व गरिसक्नुभएको भन्दै महिलालाई अवसर दिनुपर्ने जरुरी रहेको भन्दै खानेपानी उपभोक्ता महासंघमा पनि ४२ हजार उपभोक्तामध्ये १ हजार उपभोक्ता महिला अध्यक्ष अनिवार्य राख्नुपर्ने निर्णय गरेर देखाउन महासंघ अध्यक्षसँग आग्रह गरे ।










प्रतिक्रिया