नेपालमा दुई वटा मात्रै टेलिकम कम्पनीले सेवा दिइरहेका भएपनि टेलिकमका मोबाइल डाटाको विकल्पमा आएका फाइवर इन्टरनेटको बजार अस्वभाविक रुपमा बढिरहेको छ । बजार बढेसँगै इन्टरनेट कम्पनीलाई मर्जरमा गएर थप बलियो बनाउनुपर्ने आवश्यकता बढेको छ ।

काठमाडौं । नेपालमा इन्टरनेट कम्पनीको संख्या धेरै र सेवाका दायारमा भने कम भएकोले मर्जर गरेर संख्या घटाउनुपर्ने बेला भएको संकेत नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ । यसका लािग इन्टरनेट कम्पनीलाई मर्जरमा जान बाध्य पार्ने तयारी भइरहेको संकेत पनि नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।
प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले भने, ‘इन्टरनेट सेवाप्रदायक कम्पनीहरूका लागि मर्जर एकदमै नभई नहुने भइसकेको छ । टेलिकम कम्पनीहरुका लागि भने मर्जर र एक्विजिसन त्यति प्रभावकारी नहुन सक्छ ।’
नेपालमा पछिल्लो समय इन्टरनेट कम्पनीहरुबीच चर्को प्रतिस्पर्धा केही सिमित कम्पनीमा देखिएको छ । इन्टरनेट कम्पनी भने हालसम्म १०७ वटा रहेको दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणका अनुसार नियमित रुपमा विवरण बुझाउने र प्रतिस्पर्धामा आउन सक्ने तथा ग्राहक संख्याको हिसावले उल्लेख्य देखिएका कपनीको संख्या भने २० वटा वटा मात्रै छ ।
छोटो समयमा नै इन्टरनेट कम्पनीको बजार ४ अर्ब रुपैयाँबाट बढेर २६ अर्ब रुपैयाँ पुगेको छ । यस्तो बजार हिस्सामा बलियो उपस्थिति देखाउनेमा पनि सिमित कम्पनीहरु मात्रै छन् ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले भने ‘नयाँ प्रविधिमा जाने विषयमा टेलिकम कम्पनीहरुको आम्दानी घटिरहेको हँुदा दबाव दिन मिल्ने अवस्था छैन् । अहिले औद्योगिक प्रविधिको विकासका कारणले टेलिकम क्षेत्रको आम्दानी घट्दा इन्टरनेट कम्पनीहरुको भने बढ्दै गएको देखिएको छ ।’
उनले भने, ‘टेलिकम कम्पनीहरूले आफ्नो आम्दानी घटेको भन्दापनि डाइलुट (अर्कोतिर मोडिएयो) भनेर किन नहेर्ने ?’ उनले थपे ‘एनसेलको उदाहरण हेर्ने हो भने आजसम्म फाइवर इन्टरनेट (एफटीटीएच)को बिजनेस यसले गरेको छैन । टेलिकम कम्पनीको आम्दानी घटिरहेको र इन्टरनेटको बढेर २५ अर्ब रुपैयाँ भन्दा माथि पुगिसक्दा पनि यस्तो बजारमा एनसेलले ध्यान दिएकै देखिदैन् ।’
अहिले नेपालको इन्टरनेटमा संख्यात्मक हिसावले १ सय भन्दा माथि कम्पनी भएपनि बलियो उपस्थिति देखाउन सक्ने आफ्नो अस्थित्व भएका २० सेवाप्रदायकको नियन्त्रणमा इन्टरनेट छ ।
प्राधिकरणकै माघ महिनासम्मको तथ्यांकअनुसार नेपालमा हालसम्म १०७ वटा इन्टरनेट सेवाप्रदायकले सेवा सञ्चालनको अनुमति लिएका र नवीकरण गराइरहेका भए पनि अस्तित्व देखिने ग्राहक संख्याका हिसाबले भने जम्मा २० कम्पनी देखिएका भएपनि एउटै ग्राहक तान्न यिनीहरुको ध्यान केन्द्रित भएको छ । जसका कारण पनि मर्जर वा एक्विसिजनको नीति ल्याएर सेवा प्रभावलाई थप बलियो बनाउनुपर्ने आवश्यकता नेपाल दूरसञ्चार प्राधिकरणको छ ।
पछिल्लो तथ्यांक अनुसार इन्टरनेट कम्पनीहरुमा सबैभन्दा बढी ग्राहक संख्याका हिसाबले पहिलो नम्बरको सूचीमा वल्र्डलिंक रहेको छ । यसको ग्राहक संख्या ९ लाख ७३ हजार रहेको छ । यो संख्या बजारमा भएका सबै सेवाप्रदायकको तुलनामा सबैभन्दा राम्रो बजार हिस्सा भएको कम्पनी हो । यसको कारोबार पनि अन्य इन्टरनेट सेवाप्रदायकको तुलनामा राम्रो छ ।
वल्र्डलिंकले गत आर्थिक वर्ष २०७९/८० को आम्दानी १० अर्ब ३३ करोड रुपैयाँ देखिएको छ । यस्तो आम्दानी अघिल्लो वर्ष वल्र्डलिंकको मात्रै ९ अर्ब ३९ करोड रुपैयाँ थियो ।
अहिले वल्र्डलिंक एक्लैको बजार हिस्सा ३१.७८ प्रतिशत रहेको छ भने सबैभन्दा कम अर्थात २० औं नम्बरमा परेको कम्पनी एभरेष्ट वायरलेस नेटवर्क रहेको छ । यो कम्पनीको बजार हिस्सा शून्य दशमवल २४ प्रतशित छ । यो बजार हिस्सा हुँदा यसको ग्राहक संख्या भने ७ हजार ३४० पुगेको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
तथ्यांकअनुसार दोस्रो नम्बरमा नेपाल टेलिकमको इन्टरनेट पुगेको छ । यसको बजार हिस्सा ११.४३ प्रतिशत हुँदा ग्राहक संख्या ३ हजार ५० हजार पुर्याउन सकेको छ ।
तेस्रो नम्बरमा डिस मिडिया नेटवर्क छ । यसको ग्राहक संख्या ३ लाख ४३ हजार छ । यसैगरी चौथोमा सुविसुको ३ लाख १० हजार ग्राहक छन् भने पाँचौमा रहेको भायनेटको ग्राहक संख्या २ लाख ४२ हजार रहेको पनि तथ्यांकले देखाएको छ ।
इन्टरनेट सेवाको लागि सहजै अनुमति पाइने र सेवा सञ्चालन गर्न सहज भएकोले सेवाप्रदायकलाई आउन खुला गरिएको छ । सेवाप्रदायकले ३ लाख रुपैयाँ तिरेर लिएको इजाजतपत्रबाट इन्टरनेटको सेवा दिन सक्छन् ।
प्राधिरकणले प्रतिस्पर्धाका आधारमा बजार बनाउन भन्दै इच्छुक सेवाप्रदायकलाई नरोकेका कारण हाल इमेलसहितको इन्टरनेट सेवा दिने कम्पनीको संख्या १०७ पुगेको हो । तर सेवामा भने ८७ कम्पनीको अतिथ्य भेटिदैँन । यी कम्पनीहरुले प्राधिकरणबाट अनुमति लिएपनि सेवा अब्बल दिन नसकेको र टप २० भित्र आउन नसकेको कारण मासिक रिपोर्टमा अरुको उपस्थिति नदेखिएको हो ।
प्राधिकरणका अनुसार हाल फिक्स्ड ब्रोडव्याण्ड इन्टरनेट सेवाप्रदायकको संख्या ३० लाख ६१ हजार रहेको छ । यो हिस्सा मध्ये ३० लाख ६० हजार ग्राहक नियमित विवरण बुझाउने र २० सेवाप्रदायकभित्रै रहेका छन् ।
पछिल्लो समय २० अर्ब रुपैयाँ लाइसेन्स शुल्क तिर्ने टेलिकम कम्पनीको आम्दानी खुम्चनुमा ३ अर्बका इन्टरनेट कम्पनीले बजार खोस्नु भएको अर्थाउन खोजिएको छ । इन्टरनेट कम्पनीले पछिल्लो समय सरकारलाई बुझाउनुपर्ने रोयल्टी मर्मतसम्भार शुल्कमा लाग्दैन भन्ने तर्क गरेपछि यो क्षेत्रलाई थप निगरानी गरेर हेर्न थालिएको छ ।
त्यसो त सेवाप्रदायकहरुले बाँकी बक्यौता तिर्दै गएको भएपनि इन्टरनेट कम्पनीकै कारण यसको आम्दानी, सेवा र दायरामा बहस भने भइरहेको छ ।
प्रतिक्रिया