
एजेन्सी । सर्बियाको संसदमा राजनीतिक तनावकाबीच विपक्षी सांसदहरुले ‘स्मोक बम’ प्रहार गरेका छन् । मंगलबार संसदको बैठकमा विपक्षी सांसदहरुले प्रदर्शन गर्दै ‘स्मोक बम’ प्रहार गरेका हुन् ।
घटनामा तीन जना सांसद घाइते हुँदा एक सांसद जस्मिना ओब्राडोविक गम्भीर घाइते भएर अस्पताल भर्ना भएकी छन् ।
सन् २०२५ को जनवरी महिनामा प्रधानमन्त्री मिलोश भुचेविचको राजीनामा पछि सर्बियामा भ्रष्टाचार विरोधी आन्दोलनलाई अझ चर्किएको थियो ।
आन्दोलनको कारण सर्बियाको नोवी साड शहरको एक रेलवे स्टेशनको छत ढल्नुका साथै १५ जनाको मृत्यु भएको थियो। त्यसपछि विपक्षी दलहरूले सरकारले व्यापक भ्रष्टाचार गरेको आरोप लगाउँदै संक्रमणकालीन सरकार गठनको माग गर्दै आएका छन् ।
संसदमा ‘स्मोक बम’ प्रहारका कारण संसदमा झडको अवस्था पनि शृजना पनि भएको थियो । संसद प्रमुख आना ब्रनाबीचले विपक्षी सांसदहरूको क्रियाकलापलाई आतंकको संज्ञा दिँदै बैठक जारी राखेका थिए ।
तर पनि संसद भवन बाहिर प्रदर्शनकारीहरुले सरकारको भ्रष्टाचारविरुद्ध आफ्नो समर्थन जनाएका थिए ।
सर्बियाका अभियोजन पक्षले संसदमा भएको घटनाको जिम्मेवार व्यक्तिहरुको पहिचान गर्नका लागि अनुसन्धान सुरु गरेको छ ।








प्रतिक्रिया