प्रधानमन्त्री ओलीलाई ‘हिटलर र तानाशाह’ भन्दै प्रश्न गरेका दुई युट्युबरको संसद् प्रवेश पास निलम्बित

1.2k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद्‌बाट बाहिरिने क्रममा सोधिएको प्रश्नमा अमर्यादित शब्द प्रयोग गरेको आरोपमा दुई जना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरिएको छ।

संसद् सचिवालयका अनुसार पत्रकार किशोर श्रेष्ठ र प्रकाश ओलीले फागुन ४ गतेको प्रतिनिधिसभा बैठकपछि बाहिरिँदै गरेका प्रधानमन्त्री ओलीलाई सोधिएको प्रश्नमा संसदीय मर्यादा र अनुशासन उल्लंघन गरेकाले उनीहरूको प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो ।

श्रेष्ठ र ओलीले प्रश्न सोध्ने क्रममा ‘तानाशाह’ र ‘हिटलर’ जस्ता शब्द प्रयोग गरेको सचिवालयको दाबी छ । महासचिवको निर्णयअनुसार उनीहरूको पास निलम्बन गरिएको जनाइएको छ ।

प्रकाश ओली सुनौलो नेपाल र किशोर श्रेष्ठ युवा मन नेपालमा कार्यरत पत्रकार हुन् ।

Skip This