अमेरिकाबाट डिपोर्ट भएका नेपालीलाई अध्यागमनले लगायो प्रहरीको जिम्मा, अब के हुन्छ ?

4k
Shares

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका आठ नेपालीलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार बिहान करिब १० बजे जीआरपी-२३ विमानमार्फत नेपाल आएका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ गरिरहेको छ। ब्युरोका एसपी नरेन्द्र कुँवरका अनुसार डिपोर्ट भएर आउने नेपालीहरूसँग केही आवश्यक जानकारी लिनुपर्ने भएकाले सोधपुछका लागि ल्याइएको हो ।

उनीहरूलाई अहिले हिरासतमा नराखिएको र सोधपुछपछि आ-आफ्नो गन्तव्यमा जान दिइने प्रहरी स्रोतले जनाएको छ । प्रहरीले डिपोर्ट भएकाहरूको बयानबाट मानव तस्करीमा संलग्नहरूको नेक्सस खुल्ने विश्वास लिएको छ ।

Skip This