हर्टअट्याकपछि अस्पतालमा उपचाररत पारस शाहको स्वास्थ्य आज कस्तो छ?

532
Shares

फाइल तस्बिर

काठमाडौं । हर्टअट्याक(हृदयघात) पछि अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएको छ ।

आइतबार राति हर्टअट्याक भएपछि शाहलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा उनको मुटुमा स्टेन्ट राखिएको थियो । प्रारम्भिक उपचारपछि शाहलाई आइसीयूमा राखिएको थियो ।

शाहको स्वास्थ्यमा सुधार देखिएपछि मंगलबार उनलाई आइसीयूबाट वार्डमा सारिएको अस्पताल स्रोतको भनाइ छ । उनी अझै केही दिन अस्पतालम बस्नुपर्ने बताइएको छ ।

शाहलाई यसअघि पनि हृदयाघात भएको थियो । उनलाई काठमाडौंमा रहँदा यसअघि दुईपटक र थाइल्यान्डमा बसेको बेला पनि हर्टअट्याक भएको थियो ।