ताइवानको चीप बनाउने कम्पनीले अमेरिकामा १०० बिलियन डलर लगानी गर्दै

672
Shares

काठमाडौं । ताइवानको चीप बनाउने कम्पनी ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरीङ कम्पनी (टीएसएमसी) ले अमेरिकामा १०० बिलियन डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीसी आईले योजना घोषणा गर्नका लागि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गरेका थिए ।

यस रकमलाई अमेरिकी राज्य एरिजोनामा पाँच नयाँ सेमिकन्डक्टर उत्पादन कारखानाहरु बनाउन लगानी गर्नेछ।

यसले अमेरिकाभित्र राम्रो सेमिकन्डक्टर उत्पादनलाई वृद्धि गर्ने उद्देश्य रहेको छ । कम्पनीले उच्च प्रविधिका चिपहरु, विशेष गरी एआईका लागि प्रयोग हुने चिपहरूको उत्पादनलाई प्रथामिकतामा राख्ने बताइएको छ ।

टीएसएमसीसँगको सम्झौताले अमेरिकी अर्थव्यवस्थामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको राष्ट्रपति ट्रम्पले लिएका छन् ।

‘हामीलाई आवश्यक पर्ने चिप र सेमिकन्डक्टरहरु हाम्रै देशमा बनाउने सक्षम हुनुपर्छ, यो हाम्रो राष्ट्रिय सुरक्षा को कुरा हो,’ ट्रम्पले भने ।

टीएसएमसीको योजनामा तीन नयाँ चिप निर्माण कारखानाहरु, दुई अत्याधुनिक प्याकेजिङ सुविधाहरु र एउटा ठूलो अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्ने योजना रहेको छ ।

यो लगानी गत अप्रिलमा घोषणा गरिएकमा केही थपिएको हो । जसमा टीएसएमसीले आफ्नो अमेरिकामा लगानीलाई २५ बिलियन डलर थप गरेर ६५ बिलियन डलर पुर्याउने योजना बनाएको थियो र २०३० सम्म एरिजोनामा तेस्रो चिप निर्माण कारखाना थप्ने घोषणा गरिएको थियो ।