
काठमाडौं । पियोर इनर्जी कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड ६० लाखरुपैयाँको १ लाख ६० हजार कित्ता सेयर आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयलाई निष्कासन गरेको छ । कम्पनीले १ लाख ४४ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।
आइपीओमा आयोजना प्रभावितले न्यूनतम १० देखि अधिकतम १६ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतममा ७ हजार २०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीयले चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले चैत ५ गतेसम्म आवेदन दिन पाउनेछन् ।
आयोजना प्रभावित स्थानीयले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, तथा नबिल बैंकको कोहलपुर र नेपालगन्जबाट आवेदन दिन सक्नेछन् ।
यस्तै, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेतरोड नेपालगन्ज र रिमझिम बजारको शाखाबाट आवेदन दिन सक्नेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन् ।
प्रतिक्रिया