केपी ओली कप: सनिस श्रेष्ठ बने सर्वोत्कृष्ट खेलाडी, विशाल उत्कृष्ट गोलकिपर

133
Shares

काठमाडौं । मछिन्द्र एफसीका सनिश श्रेष्ठ केपी ओली कप फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । मछिन्द्र एफसीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका सनिस प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । उनले नगद एक लाखसहित मोटरसाइकल हात पारे ।

उत्कृष्ट गोलरक्षक मछिन्द्रका विशाल श्रेष्ठ चुनिँदा सर्वाधिक गोलकर्ता मछिन्द्रकै स्टेफन जमाहा बने । आर्मीका निराजन धामी प्रतियोगिताको उदयीमान खेलाडी बने । उत्कृष्ट हुने खेलाडीले ५० हजारसहित मोटरसाइकल हात पारे ।

दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्रले तेस्रोपटक उपाधी जितेको हो ।