
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा सम्बन्धी मार्गदर्शन जारी गरेको छ । यस्तो मार्गदर्शन अनुसार सिमाभित्र रहेर बजेट प्रस्ताव गर्नुपर्ने, नयाँ आयोजना प्रस्ताव गर्दा कार्यान्वयनयोग्य हुनुपर्ने, वैदेशिक सहायताको आयोजनामा बजेट प्रस्ताव गर्दा कार्यान्वयनमा रहेका तथा नयाँ आयोजनाहरुको कार्यान्व्यन तालिकासँग मेल खाने हुनुर्ने उल्लेख छ ।
वहुवर्षीय र सिर्जित दायित्व व्यवस्थापन अन्तर्गत विभिन्न आयोजना तथा कार्यक्रममा विधिसम्मत रुपमा भएको खर्चको भुक्तानी गर्नुपर्ने सिर्जित दायित्वको रकम अनिवार्य रुपमा प्रस्ताव गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।
राष्ट्रिय गौरवका अयाोजनालार्य प्राथमिकता दिने, अन्तर सरकारी वित्तीय हस्तान्तरणसहितमा बजेट तर्जुमा हुने गरी अर्थ मन्त्रालयले बजेट तर्जुमाको मार्गदर्शन सार्वजनिक गरेको छ ।













प्रतिक्रिया