
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ । लगातार ९ करोबार दिनमा २१२ अंकले बढेको सेयर बजार सोमबार भने १३.६२ अंकले घटेको छ । यो अवधिमा केही बाठा लगानीकर्ताले प्रोफिट बुक समेत गर्न भ्याएका छन् ।
सोमबार बजार मापन गर्ने सूचक १३.६२ अंकले घटेर परिसूचक २८७६.६६ बिन्दु कायम भएको छ । ३०० कम्पनीको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता सेयर १४ अर्ब २८ करोड ८४ लाख ५१ हजार ५९५ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा जीवन बिमा, उत्पादन तथा प्रशोधन, निर्जीबन बिमा, अन्य समूहको उपसूचक ४२.२२ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । कारोबारमा गार्डियन माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीको १ अर्ब ३८ करोड ७४ लाख ४७ हजार ९२४ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल रिइन्स्योरेन्स र हिमालयन डिस्ट्रिलरी रहेका छन् ।

प्रतिक्रिया