क्यापिटल म्याक्स सेक्युरिटीजको शाखा पोखरामा

84
Shares

काठमाडौं । क्यापिटल म्याक्स सेक्युरिटीज (ब्रोकर नम्बर ६२) ले पोखराको न्यूरोडमा शाखा विस्तार गरेको छ ।

क्यापिटल म्याक्सका अध्यक्ष अतित लाल श्रेष्ठका अनुसार सेयर लगानीकर्ताको मागअनुसार पोखरामा शाखा विस्तार गरिएको हो । ‘हामीले धितोपत्र बोर्डको नियम भित्र रहेर लगानीकर्तालाई बढीभन्दा बढी सेवा सुविधा दिने उद्देश्य अनुरुप पोखरामा पहिलो शाखा खोलेका छौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘नेपालको पर्यटकीय राजधानी पोखराका लगानीकर्ताहरुले क्यापिटल म्याक्सबाट सेयर कारोबारका लागि सरल र सहज रुपमा सेवा सुविधा पाउनुहुनेछ भन्ने आशा गरेका छौँ ।’

काठमाडौंको कमलपोखरीमा मुख्य कार्यालय रहेको कम्पनीले देशका अन्य शहरहरुमा पनि छिट्टै नयाँ शाखा विस्तार गर्ने जानकारी दिएको छ ।

क्यापिटल म्याक्सले ग्राहकलाई सहजताको लागि अटो कोल्याटर लोड सुविधा अर्थात लगानीकर्ताले सेयर बिक्री गर्नासाथ सो रकम बराबरको लिमिट तुरुन्तै पाउन सक्नेछन ।

आफुले सेयर बिक्री गर्दा कति नाफा वा घाटा भयो, ब्रोकरमा आफ्नो नेटवर्थ, लगानी रकमजस्ता विषयको जानकारी तुरुन्तै पाउने सक्ने कम्पनीले जनाएको छ ।