
काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति दोस्रो पटक सरेको छ । कर्णाली प्रदेशको वीरेन्द्र नगरमा आयोजना हुन लागेको प्रतियोगिता दोस्रो पटक मिति सरेर जेठमा हुने भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले यसअघि चैत २३ देखि ३० गतेसम्म प्रतियोगिताको मिति तोकेर सचिवालय पनि स्थापना गरिसकेको थियो ।
बिहीबार बसेको राखेपको आजको बैठकले उक्त निर्णय गरेको राखेपका एक बोर्ड सदस्यले क्लिकमान्डुलाई जानकारी दिए ।
प्रतियोगिता अब जेठ ३ देखि १० गते गर्ने निर्णय बैठकले गरेको हो। कर्णालीको बिभिन्न जिल्लाहरुमा हुने प्रतियोगिता गत मंसिर २ देखि ९ गतेसम्म हुने तय थियो ।
प्रतिक्रिया