
काठमाडौं । बीवाईडी अटो ईन्डस्ट्रीको नेपालका आधिकारिक वितरक साइमेक्स इंक प्रालीले बीवाईडी हाईटेक विक २०२५ को शुभारम्भ गरेको छ ।
नेपालमा चिनियाँ दूतावासका कमर्सियल काउन्सिलर, बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका भाइस् जनरल म्यानेजर केत्सु झाङ, साइमेक्स इंक प्राली का चेयरम्यान अनिल श्रेष्ठ, साइमेक्स इंक प्रालीकी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ लगायत सञ्चारकर्मी र अन्य प्रतिनिधिहरुको उपस्थितिमा सो इभेन्टको शुभारम्भ गरिएको हो ।

इभेन्टको प्रमुख आकर्षणको रुपमा बीवाईडीका अत्याधुनिक सवारी साधन याङवाङ यु८, एफसीबी बाओ ५, डेन्जा जेड९जीटी, डेन्जा डी ९ र बीवाईडी शार्क ६ सार्वजनिक गरिएको छ । जसले अटोमोटिभ टेक्नोलोजीमा नयाँ युगको प्रतिनिधित्व गर्छन् । इलेक्ट्रिक र हाइब्रिड सवारी उद्योगलाई पुनःपरिभाषित गर्ने गरी यी सवारी साधन अत्याधुनिक प्रगति झल्काउने सेफ्टी, पर्फमेन्स र इनोभेसनद्वारा सुसज्जित रहेको कम्पनीले जनाएको छ ।
बीवाईडी हाई–टेक विकमा प्रदर्शन गरिएका सवारी
इभेन्टमा लाइभ डेमोको सिरिज नै देख्न सकिन्छ जसमा बीवाईडीका पछिल्ला मोडल उपलब्ध छन् ।
ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट
बीवाईडीको ब्लेड ब्याट्रीको प्रदर्शन गरिएको छ । जुन सुरक्षा र स्थायित्वका लागि अतुलनीय रहेको कम्पनीले जनाएको छ । ब्याट्री सुरक्षाका लागि बीवाईडीको प्रतिबद्धता झल्काउने गरी यसले थर्मल रनवेमा आफ्नो क्षमता देखाएको छ ।
ई–प्लेटफर्म ३.० को प्रस्तुति
बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० प्रदर्शन गरिएको छ । जुन अप्टिमाइज गरिएको ब्याट्री क्षमता, बढी क्षमताको पावर आउटपुट र इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्टसहित उपलब्ध छ ।
डेन्जा जेड९जीटी कम्पास टर्न र एक्स्ट्रिम टर्न प्रदर्शन
सानो स्थानमा पनि सहज तरिकाले चल्न सक्ने कम्पास टर्न फिचर यसमा देख्न सकिन्छ । त्यसैगरी सहज र सरल तरिकाले गर्न सकिने अटोमेटिक पार्किङ देख्न सकिन्छ ।
एफसीबी बाओ ५ स्पिड बम्प र सस्पेन्सन टेस्ट
जस्तोसुकै सतह वा टेरेनमा पनि सुपेरियर राइड कम्फर्ट र स्टेबिलिटी पाउन सकिने बीवाईडीको इन्टेलिजेन्ट सस्पेन्सन सिस्टम यसले देखाएको छ ।
याङवाङ यु८ e4 प्लेटफर्म र डिसस–पी
यसमा ट्यांक टर्न फिचर पाउन सकिन्छ, जुन ई४ प्लेटफर्मबाट संचालित हुन्छ । यसले सुपेरियर अफरोड पर्फमेन्सका लागि ह्विल कन्ट्रोल सुविधा उपलब्ध गराउँछ ।
त्यसैगरी डिसस पी इन्टेलिजेन्ट च्यासिस कन्ट्रोल सिस्टम प्रदर्शन गरिएको छ, जसले एक्स्ट्रिम कन्डिसनमा पनि स्टेबिलिटी र एडेप्टिबिलिटी उपलब्ध गराउछ ।
अटोमोटिभ इनोभेसनमा अग्रगामी बन्ने र सस्टेनेबल मोबिलिटी सोलुसनलाई अगाडि बढाउने बीवाईडीको प्रतिबद्धतालाई बीवाईडी हाई–टेक विकले पुनःपुष्टी गर्ने एक प्लेटफर्मको रुपमा कार्य गर्ने कम्पनीले जनाएको छ । यसमा शोकेस गरिएका प्रविधिले ब्याट्री सेफ्टी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र नेक्स्ट–जेनेरेसन भेइकल कन्ट्रोल मेकानिजममा बीवाईडीको नेतृत्वलाई जोड दिने कम्पनीको भनाइ छ ।
इभेन्टको अवसरमा बोल्दै साइमेक्स इंकका चेयरम्यान अनिल श्रेष्ठले भने, ‘न्यु इनर्जी भेइकल टेक्नोलोजीमा भएका सबै सम्भावनाका सिमाहरुलाई बीवाईडीले लगातार रुपमा पार गरिरहेको छ । हाल सम्मकै एड्भान्स्ड अटोमोटिभ टेक्नोलोजीलाई नेपालमा उपलब्ध गराउने हाम्रो भिजनको एक झलक बीवाईडी हाई–टेक विक हो । यसले अझै सुरक्षित, स्मार्ट र दिगो ड्राइभिङ अनुभवलाई सुनिश्चित गर्नेछ ।’
ईभी ब्याट्री टेक्नोलोजी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र सुपेरियर भेइकल इन्जिनियरिङको क्षेत्रमा भएका पछिल्ला सफल प्रविधि सहितका विश्व–स्तरीय इलेक्ट्रिक सवारी साधन नेपाली ग्राहकमाझ ल्याउन आफूहरु प्रतिवद्ध रहेको कम्पनीले जनाएको छ ।
फेब्रुअरी २७ बाट प्रारम्भ भएको बीवाईडी हाई–टेक विक आगामी मार्च २ सम्म चल्ने छ । प्रत्येक दिन तीन फरक चरणमा विभिन्न क्रियाकलाप हुनेछन् ।
पहिलो चरण : ११ देखि १२.३० बजे सम्म
दोस्रो चरण : १.३० देखि ३.०० बजे सम्म
तेस्रो चरण : ४.०० बजे देखि ५.३० बजे सम्म
अवलोकनकर्ताहरुले आफूलाई उपयुक्त समय अनुसारको अनुकूलता मिलाएर इभेन्ट हेर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया