
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँचपास गरी बाहिरिने क्रममा प्रहरीले उज्वेकिस्तानका चार नागरिकबाट तीन किलोभन्दा बढी तौलको सुन बरामद गरेको छ ।
बुधबार भन्सार जाँच सकेर निस्कन लाग्दा शंका लागेपछि गरिएको खानतलासीमा उनीहरूले मलद्वारमा लुकाएर ल्याएको ३ किलो ७४५ ग्राम सुन फेला परेको हो ।
विमानस्थल भन्सार सुरक्षाका लागि खटिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र राठौरका अनुसार दुबईबाट काठमाडौं आएको फ्लाइट एफजेएड ५७५ मार्फत नेपाल आएका तीन महिला र एक पुरुषबाट उक्त परिमाणमा सुन फेला परेको हो।
प्रारम्भिक अनुसन्धानमा तस्करी समूहले उनीहरूलाई भरियाका रूपमा प्रयोग गरेको हुनसक्ने अनुमान गरिएको छ।
प्रतिक्रिया