कालिमाटी तरकारी थोक बजार : तिते करेलामा २० रुपैयाँ घट्यो भने लसुनमा १ सय रुपैयाँ बढ्यो

210
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा बिहिबार तिते करेलाको मूल्यमा २० रुपैयाँ घटेको छ । बुधबार प्रतिकिलो ११५ रुपैयाँमा बिक्री भएको तिते करेला बिहिबार मूल्य घटेर ९५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यसैगरी नेपाली लसुनको मूल्यमा बिहिबार एकैपटक एक सय रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको नेपाली लसुन बिहिबार ३९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै ठूलो गोलभेडा ४५, सानो गोलभेडा १८.५०, रातो आलु ३०, प्याज ७०, गाजर लोकल ३०, गाजर तराई २७.६७, बन्दा लोकल १०, बन्दा तराई १०, बन्दा नरिवल १०, स्थानीय काउली २०, स्थानीय काउली ज्यापु २५, तराई काउली २०, सेतो मुला २०, लाम्चो भान्टा २५, डल्लो भान्टा ४५, घिउ सिमी लोकल ५०, घिउ सिमी हाइब्रीड ५०, घिउ सिमी राजमा ८५ र टाटे सिमी ६५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

लौंका ४५, परवर तराई २१०, घिरौला ९५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो १०, हरियो फर्सी डल्लो १०, भिण्डी १०५, बरेला ३५, पिडालु १२०, स्कुस ४०, रायो साग २०, पालुङ्गो साग ४५, चमसुर साग ४५, तोरीको साग २२.३३, मेथीको साग ५५, प्याज हरियो ३५, बकुला ५५, तरुल ७५, कन्ये च्याउ ८३.३३, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, सिताके च्याउ ९००, ब्रोकाउली ४०, बन्दा रातो ५५, जिरीको साग ५५, सेलरी १२६.६७, पार्सले २७६.६७, अदुवा ११५ र भेडे खुर्सानी ७५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा बिहिबारको तरकारीको थोक मूल्य