सशस्त्र प्रहरी इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा फेला

1.4k
Shares

काठमाडौं । सशस्त्र प्रहरीकी एक महिला इन्स्पेक्टर मृत अवस्थामा फेला परेकी छिन् ।

सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका–८ लागर्चे की २९ वर्षीया सन्तोषी महत शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको सशस्त्र प्रहरी नायब महानिरीक्षक तथा प्रवक्ता कुमार न्यौपानेले बताए ।

उनी शनिबार राति ९ बजे ब्यारेकको शौचालयमा मृत अवस्थामा फेला परेको न्यौपानेले बताए ।

‘उहाँ संगठनमा निकै जुझारु हुनुहुन्थ्यो, जवानबाट असईहुँदै इन्स्पेक्टरमा नाम निकालेर तालिममा हुनुहुन्थ्यो’ उनले भने ‘यो घटनाले निकै दुुःखी बनाएको छ ।’

महत करिब तीन महिना अघि इन्स्पेक्टरमा निकालेकी महत तालिमका लागि पोखरामा थिइन् ।

महतले १२ कक्षा पास गरेर २०७२ सालमा सशस्त्र प्रहरीको जवान बनेकी थिइन् । उनी २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि उनले इन्स्पेक्टरमा समेत नाम निकालेकी थिइन् । उनको तालिम करिब ५ महिना जति बाँकी थियो ।

उनको शव पोखरामा त्रिभुवन शिक्षण अस्पतालमा ल्याएर पोष्ट माटम सकिएको छ ।

महतको आमा र बुबा हाल अस्ट्रेलियामा रहेका छन् । अस्टे«लियाबाट आमा बुबा नेपाल आएपछि दाहसंस्कार गरिने बताइएको छ ।

Skip This