
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ‘नेप्से’ को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि तीन सदस्यीय समिति गठन भएको छ ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो ।
अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको भएको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन् ।
प्रतिक्रिया