कानुनअनुसार निजी क्षेत्रलाई पाथीभरा बनाउन अनुमति दिइएको हो: योगेश भट्टराई

224
Shares

काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध भइरहेको विरोधप्रति संसदको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद भट्टराईले निजी क्षेत्रलाई कानुनअनुसार अनुमति दिइएको कुरा बिर्सन नहुने बताए।

‘नेपालको ऐन कानुनअनुसार नै निजी क्षेत्रलाई अनुमति दिइएको हो, त्यस आधारमा नै काम अघि बढाइएको छ,’ उनले भने ।

भट्टराईले शान्तिपूर्ण र सभ्य तरिकाले विरोध गर्न सबैलाई अधिकार भए पनि त्यसका सीमा हुनुपर्ने बताए ।

‘विकासको विरोध कोही गर्दैन, तर धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराउने प्रयास गरेमा अनावश्यक विवाद उत्पन्न हुन्छ,’ भट्टराईले भने ।

सबै समुदाय मिलेर बसेको देशमा यस्तो विवाद सिर्जना हुनु दुःखद भएको भट्टराईको भनाइ छ ।

शनिबार राति केबलकारविरोधी समूहको मसाल जुलुसले स्थिति तनावग्रस्त बनाएपछि प्रहरीले संयम अपनाएर थप क्षति हुनबाट जोगाएको उनले बताए ।

Skip This