अमेरिकी सरकारी कर्मचारीलाई मस्कले पठाए इमेल: हप्ताभर गरेको कामको सूची दिनु नत्र राजीनामा !

637
Shares

एजेन्सी । अमेरिकी सरकारका कर्मचारीहरूले शनिबार दिउँसो एउटा इमेल प्राप्त गरे ।

उक्त इमेलमा भनिएको थियो, ‘तपाईंले गत हप्ता गरेका कामहरूको सूची तयार पार्नुहोस् वा राजीनामा दिनुहोस् ।’

अर्बपति उद्यमी एलन मस्कले एक्समा एउटा पोस्ट गरेका थिए । त्यसमा उनले भनेका थिए, ‘कर्मचारीहरूले चाँडै एउटा इमेल प्राप्त गर्नेछन्, जसको उद्देश्य उनीहरूले गत हप्ता के-के काम पूरा गरे भन्ने पत्ता लगाउनु हो ।’

मस्कले लेखेका थिए, ‘यदि तपाईं यो इमेलको जवाफ दिन असफल हुनुभयो भने, त्यसलाई तपाईंको राजीनामा मानिनेछ ।’

एलन मस्क अहिले अमेरिकाको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी को नेतृत्व गरिरहेका छन् ।

यो विभागको उद्देश्य अमेरिकी सरकारको खर्चमा कटौती गर्नु हो ।

कर्मचारीहरूले यो इमेल त्यतिबेला पाए, जब अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कन्जर्भेटिभ पोलिटिकल एक्शन कन्फ्रेन्समा सम्बोधन गरेका थिए ।

इमेलको सब्जेक्ट लाइन मा लेखिएको थियो-‘तपाईंले गत हप्ता के गर्नुभयो ?’