पियोर इनर्जीमा भारतीय कम्पनीको स्वामित्व ३१.२५ प्रतिशत, पवन गोल्यानको १०० कित्ता

301
Shares

काठमाडौं । पियोर इनर्जी कम्पनीले सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि फागुन २० गतेदेखि सेयर निष्कासन गर्न प्रस्ताव आह्वान गरेको छ ।

यो आयोजनामा भारतीय रेनेर्गो डेभलपर्सप प्रालिको ३१.२५ प्रतिशत सेयर स्वामित्व छ । यस्तै अक्षय गोल्यानको ६४.०५ प्रतिशत अर्थात ४० लाख ९९ हजार ५०० कित्ता सेयर स्वामित्व छ । कम्पनीमा गोल्यान पावर लिमिटेडको ४.६९ प्रतिशत अर्थात ३ लाख कित्ता सेयर स्वामित्व छ ।

कम्पनीको अन्य सञ्चालक पवन कुमार गोल्यानको उक्त कम्पनीमा १०० कित्ता सेयर स्वामित्व छ । यस्तै बासुदेव गोल्यानको १०० कित्ता, सुरभी गोल्याणको १०० कित्ता, कुमुद गोल्यानको १०० कित्ता, शक्ति कुमार गोल्यानको १०० कित्ता सेयर स्वामित्व छ । कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अक्षय गोल्यान रहेका छन् भने सञ्चालकमा सुरभी गोल्याण, शक्ति कुमार गोल्यान रहेका छन् ।

यस्तै रेनेर्गो डेभलपर्सका प्रतिनिधि निशान्त गोयल र मसंक रोहिल्ला रहेका छन् ।

पुस मसान्तसम्म कम्पनीको नेटवर्थ ९६ रुपैयाँ २ पैसा रहेको छ । यस्तै आव २०१/०८२ मा १०१.४३ रुपैयाँ, आव ०८२/८३ मा ११० रुपैयाँ ६४ पैसा, आव ०८३/०८४ मा १२० रुपैयाँ ४९ पैसा हुने प्रक्षेपण रहेको छ ।

कम्पनीको प्रति सेयर आम्दानी पुस मसान्तसम्म ३८ पैसा रहेको छ । यस्तै आव २०८१/०८२ मा ५.२६ रुपैयाँ, आव ०८२/८३ मा ९ रुपैयाँ २१ पैसा, आव ०८३/०८४ मा ९ रुपैयाँ ८६ पैसा हुने प्रक्षेपण रहेको छ।

पुस मसान्तसम्म २ करोड ३ लाख ४६ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीले आव २०८१/०८२ मा १ करोड १४ लाख ८ हजार, आव ०८२/८३ मा ८ करोड ५० लाख ८५ हजार र आव ०८३/०८४ मा १६ करोड ३९ लाख ५५ हजार रुपैयाँ नाफा आर्जन गर्ने प्रक्षेपण रहेको छ ।