
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । कारोबारमा निकै उतार चढाब भएको बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ३.१४ अंकले बढेर परिसूचक २७४३.७४ बिन्दु कामय भएको छ ।
३०९ कम्पनीको १ करोड ५६ लाख ३७ हजार ६ कित्ता सेयर ८ अर्ब ६२ करोड ७६ लाख ८७ हजार ५९९ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा जीवन बिमा, निर्जीबन बिमा, अन्य र ट्रेडिङ समूहको उपसूचक बढेको छ भघने बाँकी सबै समूहको उपसूचक राताम्मे भएका छन् । कारोबारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै वन नेपाल लघुवित्त, अप्पर हेवाखोला हाइड्रोपावर, लक्ष्मी लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने बाराही हाइड्रोपावर, भुगोल इनर्जी, दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया