
काठमाडौं । नेपला दूरसञ्चार प्राधिकरणबाट २०७१ फागुन १ गते अनुमति पाएको इमलेसहितको इन्टरनेट कम्पनी टेलनेटको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ ।
प्राधिकरणले टेलनेट इन्टरनेटको अनुमतिपत्र खारेज भएकोले सार्वजनिक सूचना प्रकाशन गरेर उक्त सेवाप्रदायकलाई बाँकी बक्यौताको फरफारकका लागि ३० दिनभित्र सम्पर्कमा आउन सूचित समेत गरेको छ ।
प्राधिकरणका अनुसार पोखरालाई आधार बनाएर सेवा दिने गरी दर्ता भएको यो कम्पनीको यही फागुन १ देखि इजाजतपत्र खारेज भएको छ ।
इजाजतपत्र खारेज भएको मितिले ३० दिनभित्र दूरसञ्चार प्राधिरकणमा सम्पर्क गर्न र नियामानुसारको तिर्न बुझाउन बाँकी रकम चुक्ता गर्न आग्रह गरेको छ । अन्यथ कानून अनुसार कारवाही हुने भन्दै प्राधिकरणले उक्त सेवाप्रदायकलाई सचेतसमेत गराएको छ ।

प्रतिक्रिया