
काठमाडौं । सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ कायम भएको छ । नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड बनाउने बाटोमा अघि बढेको हो ।
बुधबारको मूल्य गत कात्तिक १५ गते कायम भएको रकर्ड बराबर हो । सो दिन सुनको भाउले ऐतिहासिक बिन्दु कायम गरेको थियो ।
त्यसयता सरकारले भन्सार दर घटाए पछि सुन सस्तिएको थियो । तर, पछिल्लो २ साता सुनको मूल्य निरन्तर बढेर रकर्ड बनाउने क्रममा पुगेको हो ।
बिहीबार पनि बुधबारको तुलनामा ५ सय रुपैयाँले बढेर रेकर्ड बराबरी गरेको हो ।
बुधबार सुन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
सुन महँगिदा चाँदी पनि प्रतितोला १० रुपैयाँले बढेर १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।







प्रतिक्रिया