
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक ११.९१ अंकले बढेर परिसूचक २७३९.८२ बिन्दु कायम भएको छ ।
३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा बैंकिङ, लगानी, जीवन बिमा, निर्जीबन बिमा, ट्रेडिङ, अन्य समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा ८७ कम्पनीको मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्य घटेको छ । कारोबारमा चार कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ भने २ वटा कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया