
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजार मापन गर्ने सूचक २९.८७ अंकले बढेर परिसूचक २७२७.९१ बिन्दुमा पुगेको छ ।
३०२ कम्पनीको १ करोड ८० लाख ८१ हजार १६८ कित्ता सेयर १० अर्ब ४ करोड ९६लाख ५४ हजार ८३२ रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा जलविद्युत, ट्रेडिङ बाहेक सबै समूहको उपसूचक बढेको छ । कारोबारमा १६६ कम्पनीको सेयर मूल्य बढेको छ भने ७४ कम्पनीको घटेको छ ।
कारोबारमा ६ वटा कम्पनीको सेयर मूल्यमा साकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया