
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका ४ देखि ७ तहका २१ कर्मचारीको सरुवा भएको छ ।
मंगलबार प्राधिकरणले विभिन्न जलविद्युत केन्द्रका कर्मचारीहरुको सरुवा गरेको हो ।
प्राधिकरणले ७ तहका १० प्राविधिक कर्मचारीको सरुवा गरेको छ । ७ तहका महेश न्यौपानेलाई चमेलिया जलविद्युत केन्द्रबाट कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा सरुवा गरिएको छ ।
महेश बस्याल कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रबाट गण्डक जलविद्युत् केन्द्र सरुवा गरिएको छ । ६ तहका ७ जना कर्मचारीको सरुवा गरिएको छ । ५ तहका तीन कर्मचारीको सरुवा गरिएको छ ।

४ तहका फोरमेन/मेकानिकल सुभाष कुमार मण्डल सुनकोसी जलविद्युत केन्द्रबाट सुन्दरीजल जलविद्युत् केन्द्रमा तीन महिना काज खटाउने निर्णय भएको छ ।
प्रतिक्रिया