![](https://clickmandu.com/wp-content/uploads/2023/09/Nepal-telecom-768x403.png)
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले चालु आर्थिक वर्षको पुस मसान्तसम्म २ अर्ब ६३ करोड ५१ लाख २१ हजार रुपैयाँ नाफा कमाएको छ ।
जुन गत आवको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा ३ अर्ब ९३ करोड १४ लाख ४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यो अवधिमा कम्पनीको सञ्चालन १७ अर्ब ४९ लाख रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा १७ अर्ब २४ करोड ६७ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
यस्तै वित्तीय आम्दानी ३ अर्ब ६१ करोड ६१ लाख ५५ हजार रुपैयाँबाट घटेर २ अर्ब ३० करोड ३४ लाख १६ हजार रुपैयाँ रहेको छ । जसको असर कम्पनीको नाफामा देखिएको छ ।
अन्य श्रोतबाट हुने आम्दानी भने २१ करोड ९ लाख २६ हजारबाट बढेर ४४ करोड ६५ लाख रुपैयाँ पुगेको छ । १८ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भ कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २९।२८ रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४३ रुपैयाँ ६८ पैसा थियो । प्रतिसेयर नेटवर्थ ५०६।३४ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया