![](https://clickmandu.com/wp-content/uploads/2025/02/satish-singh-768x402.jpg)
जनकपुरधाम । बिरामीको उपचारमा लापरबाही गरेको अभियोगमा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरको मुस्कान अस्पताल तत्कालै बन्द गर्न निर्देशन दिएका छन् । उक्त अस्पताल सरकारबाट अनुमति वेगर सञ्चालनमा थियो ।
बिरामीको उपचारमा चरम लापरवाही गरेको गुनासो आएपछि मुख्यमन्त्री सिंह शुक्रबार राति ५ बजे र पुन ११ बजे अवलोकनका लागि अस्पताल पुगेका थिए । अवलोकनको क्रममा मुख्यमन्त्री सिंहले अस्पताल व्यवस्थापनलाई अस्पताल बन्द गरेर साँचो आज बिहान ११ बजेसम्म बुझाउन निर्देशन दिएका छन् ।
उक्त अस्पतालले माघ ३ गते सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर ५ का २५ बर्षीया बबिताकुमारी यादबको पित्तथैलीको शल्यक्रिया गरेको थियो । यो शल्यक्रिया पछि बिरामी यादब हालसम्म बेहोसी अवस्थामा छन् । तर, त्यहाँ सञ्चालक नहुँदा फर्केर गएका थिए ।
अवलोकनको क्रममा मुख्य मन्त्री सिंहले उक्त अस्पताल सरकारबाट अनुमति नलिएर सञ्चालन गरेको पाइएपनि उपचाररत अन्य तीनजना बिरामीलाई अर्को अस्पतालमा व्यवस्थापन गर्न र अस्पतालमा ताल्चा लगाएर साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए ।
प्रतिक्रिया