एयरटेलको नेटवर्कमा समस्या, अरु सेवाप्रदायकबाट बाइपास हुँदा देशैभरको इन्टरनेट डाउन


काठमाडौं । एयरटेलको ईन्टरनेटको नेटवर्कमा समस्या आउँदा देशैभर इन्टरनेट डाउन भएको छ ।

नेपालमा भारतबाट आउने एयरटेलको नेटको हिस्सा करिब ४० प्रतिशात छ । यसको नेट अरु सेवाप्रदायकबाट बाइपास हुँदा सबै नेट स्लो भएको हो ।

ईन्टरनेट सेवा प्रदायकको सस्था (आइस्पान)ले अरु प्राबिधिक कारण पत्ता लगाउने प्रयास गरेको छ । आइस्पानका अध्यक्ष सुधीर पराजुलीका अनुसार अरु कुनै कारण छैन ।