काठमाडौं । भारतीय वित्त मन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२५/२६ बजेट प्रस्तुत गरेकी छन् । शनिवार संसदमा पेस गरिएको बजेटमा नयाँ आयकर स्ल्याबको घोषणा गरेकी छन् ।
नयाँ आयकर विधि अन्तर्गत वार्षिक १२ लाखसम्मको आम्दानीमा कुनै पनि आयकर नलाग्ने भएको छ । यसले मध्यम वर्गलाई विशेष फाइदा पुर्याउने अपेक्षा गरिएको छ ।
पारिश्रमिक वर्गको लागि स्ट्यान्डर्ड डिडक्शन ७५ हजार रुपैयाँ कायम राखिएको छ । जसको अर्थ १२ लाख ७५ हजार रुपैयाँ सम्मको आम्दानीमा कुनै आयकर लाग्न छैन । यसरी, यदि कुनै कर्मचारीको वार्षिक आम्दानी १२ लाख ७५ हजार रुपैयाँ हो भने उसले कुनै आयकर तिर्नु पर्ने छैन ।
वित्तमन्त्रीले आफ्नो बजेट भाषणको अन्त्यमा नयाँ आयकर दरको घोषणा गरेकी थिइन् ।
वित्त मन्त्रीले आफ्नो भाषणमा पुराना आयकर स्ल्याबहरूको उल्लेख गरेकी छन् ।
साथै, बजेटमा वरिष्ठ नागरिकहरूको लागि ब्याजमा कर छुटको सीमा ५० हजारबाट १ लाख रुपैया पुर्याइएको छ।
वित्त मन्त्रीका अनुसार सरकारले अर्को हप्ता आयकर विधेयक ल्याउनेछ ।
गृहमन्त्री अमित शाहले बजेट २०२५ को बारेमा टिप्पणी गर्दै भने, ‘यो बजेट २०२५ भारतको समग्र विकास र श्रेष्ठता निर्माणको दिशामा मोदी सरकारको दूरदर्शिता को ब्लूप्रिन्ट हो।’
प्रतिक्रिया