आज तोलामा १३ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार तोलामा १२०० रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ५७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बुधबारको तुलनामा बिहीबार सुनको मूल्य बढ्दै १ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसअघि बुधबार सुन तोलाको १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । आज एकै दिन सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलाको १८८० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १८९० तय भएको छ ।