यी हुन् भारतको अटो एक्स्पोमा प्रदर्शनीमा राख्न लागिएका एसयुभी कार
काठमाडौं । भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ मा विभिन्न फिचर भएका स्पोर्ट्स युटिलिटीज भेहिकल (एसयुभी) कारहरु प्रदर्शनीमा राखिँदैछ । भारत मोबिलिटी एक्स्पो-२०२५ का लागि विभिन्न ब्राण्डका कार निर्माताहरुले आफ्नो कारहरु प्रदर्शनीमा राख्ने तयारी गरेका छन् । भारत मोबिलिटी एक्स्पो १७ जनवरीबाट सुरु हुँदैछ ।
जसमा धेरै एसयुभीहरु पहिलोपटक प्रदर्शनीमा राखिँदैछन् । जसमध्ये केहि पहिले नै भारतीय बजारमा सार्वजनिक भइसकेका छन् । केहि कारहरु भारतको एक्स्पोमार्फत सार्वजनिक भएपछि नेपाली बजारमा समेत आयात हुनेछ ।
किया राइरोस
२०२४ डिसेम्बरमा कियाले भारतमा आफ्नो सायरोस मोडल सार्वजनिक गरेको छ । जुन भारत मोबिलिटी एक्स्पो-२०२५ प्रदर्शनीमा राखिनेछ । कोरियन कार निर्माता कम्पनीले यो नयाँ प्रिमियम एसयूभीको मूल्य २०२५ फेब्रुअरि १ तारिखमा घोषणा गर्ने तयारी गरेको छ । फेब्रुअरीबाट डेलिभरी सुरु हुने अपेक्षा गरिएको छ ।
यसमा डुअल १२.३ इन्च स्क्रिन, प्यानोरामिक सनरुफ, अगाडिको साथै दोस्रो पंक्तिको सिटहरूमा भेन्टिलेसन जस्ता सुविधाहरू छन्। किया सायरोसलाई दुई इञ्जिन विकल्पमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । १२० पीएस क्षमता भएको १-लिटर टर्बो-पेट्रोल र ११६ पीएस क्षमता भएको १.५-लिटर डिजेल इञ्जिन हुनेछ ।
मारुतीको ई भिटारा
मारुतीले आफ्नो पहिलो अल ईभी एसयूभी, ई भिटारा, एक्स्पोमा सार्वजनिक गर्नेछ। कार निर्माता कम्पनीले यस कारको मूल्य पनि सोही कार्यक्रममा घोषणा गर्ने अनुमान गरिएको छ ।
विश्वभर, सुजुकी ई भिटारा ४९ किलोवाट आवर वा ६१ किलोवाट आवर ब्याट्री प्याकका साथ उपलब्ध छ । ई भिटारामा प्यानोरामिक सनरुफ, अगाडिको सिटहरूको लागि भेन्टिलेटेड सुविधा, हेड्स-अप डिस्प्ले र ३६०-डिग्री क्यामेराको सुविधा समावेश छन्।
हुन्डाई क्रेटा
हुन्डाईको बहुप्रतिक्षित कार क्रेटा ईभी भारतीय बजारमा जनवरी १७ मा लन्च हुने भएको छ । हुन्डाई इण्डियाका अनुसार भारत मोबिलिटी ग्लोबल एक्स्पो-२०२५ को पहिलो दिनमै हुन्डाई क्रेटा ईभी लन्च हुनेछ । मध्यम आकारको एसयुभी इन्टर्नल कम्बुस्चन इन्जिन (आईसीई)मा लोकप्रिय क्रेटा ईभीमा समेत लोकप्रिय हुने कम्पनीको दाबी छ । लुक्स र डिजाइन क्रेटाको जस्तै हुनेछ भने इन्टेरियरमा केहि परिवर्तन हुने कम्पनीले बताएको छ ।
क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री प्याक र १०० किलोवाट क्षमताको मोटर जडान हुने कम्पनीले बताएको छ । क्रेटा ईभीले भारतमा टाटा कर्भ ईभी, एमजी जेडएस ईभी, महिन्द्रा बिई सिक्स र छिट्टै लन्च हुने मारुती सुजुकी ई भिटारामा जस्ता कारहरुसंग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाई क्रेटा ईभीको इन्टेरियरमा फ्रेस अपडेट हुनेछ । नयाँ स्टीयरिङ ह्वील डिजाइन, ड्यासबोर्ड लेआउटमा परिमार्जन हुनेछ ।
यो नेपालमा समेत प्रतिक्षा गरिएको कार हो । हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी समूह हो । लक्ष्मी समूहको लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा ईभी ल्याउने प्रक्रिया समेत थालिसकेको छ । भारत लन्भ लगत्तै ल्याउने तयारी छ । यहि ल्याएर एसेम्बल गर्नुभन्दा आयात गर्नुभन्दा आयात सस्तो पर्छ । सोही कारण कम्पनीले आयात गर्न लागेको छ । क्रेटा आईसीईभन्दा ईभी सस्तो हुनेछ । क्रेटाको मूल्य नेपाली बजारमा ५४ लाख ५६ हजार रुपैयाँदेखि ७६ लाख ९६ हजार रुपैयाँसम्म पर्छ ।
महिन्द्रा एक्सईभी नाइन ई
महिन्द्राले २०२५ भारत मोबिलिटी ग्लोबल एक्स्पोमा आफ्ना नयाँ विद्युतीय गाडीहरू प्रदर्शन गर्ने तयारी छ । जसमा एक्सईभी नाइन ई पनि समावेश हुने कम्पनीको दाबी छ । गाडीमा तीनवटा १२.३ इन्च स्क्रिनको सेटअप, प्यानोरामिक ग्लास रूफ, ३६० डिग्री क्यामेरा प्रणाली र लेभल-२ एडभान्स ड्राइभर असिस्टेन्स सिस्टम्स (एडास) जस्ता विशेषताहरू उपलब्ध छन् ।
एक्सईभी नाइन ई मा दुई ब्याट्री प्याक विकल्पमा उपलब्ध हुनेछ । ५९ किलोवाट आवर र ७९ किलोवाट ब्याट्री प्याकमा उपलब्ध छ । जसले अधिकतम ६५६ किमी सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
महिन्द्रा बीईसिक्स
महिन्द्राको बीईसिक्स २०२५ अटो एक्स्पोमा आफ्ना प्रदर्शनीमा राखिनेछ । एक्सईभी नाइन ई जस्तै बीईसिक्सले पनि ५९ किलोवाट आवर र ७९ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले अधिकतम ६८२ किमी सम्मको रेन्ज दिन सक्छ । वायरलेस फोन चार्जर, बत्तीको ढाँचासहितको प्यानोरामिक ग्लास रूफ, अगमेन्टेड रियालिटी आधारित हेड्स-अप डिस्प्ले, र लेभल-२ एडास सिस्टम समावेश छन् ।
टाटा सिएरा
टाटा सिएरा एसयुभीलाई ईभी र आईसीई (इन्टर्नल कम्बस्टन इन्जिन) संस्करणमा भारत मोबिलिटी ग्लोबल एक्स्पो मा अनावरण गर्नेछ । ६०-८० किलोवाट आवरको ब्याट्री हुने अनुमान गरिएको छ । ५०० किमी भन्दा बढी रेन्ज दिने बताइएको छ ।
टाटा कर्भ
टाटाको बहुप्रतिक्षित कर्भ ईभी कार नेपाल आउने भएको छ ।टाटाका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा लोकप्रिय बनेका चिनियाँ ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न यो कार ल्याउन लागेको हो । सिप्रदी ट्रेडिङका अनुसार नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको छ ।
‘हामी ल्याउने प्रक्रिया छौं । यसको मूल्य कति पर्छ भन्ने एकिन भइसकेको छैन,’ सिप्रदीका एक उच्च अधिकारीले क्लिकमान्डुसँग भने,‘ अध्ययनमा छौं । एक सातामा यसबारे निर्णय हुन्छ ।’टाटा मोटर्सको पाचौं ईभी कर्भ डट ईभी भारतीय बजारमा सार्वजनिक भइसकेको छ ।
आकर्षक डिजाइन, अत्याधुनिक प्रविधिसहित टाटा कर्भ ईभीले नेपाली गाडी बजारमा लोकप्रिय बन्ने अपेक्षा गरिएको छ । टाटा कर्भ ईभी पाँच भेरियन्टमा उपलब्ध छ । क्रियटिभ, अकम्प्लिस्ड, अकम्प्लिस्ड प्लस एस, इम्पावरड प्लस, र इम्पावरड प्लस ए रहेका छन् । यी मध्ये कुन भेरियन्ट नेपालमा उपलब्ध हुनेछन् भन्ने अहिलेसम्म स्पष्ट भएको छैन ।
टाटा कर्भ ईभी आकर्षक सेतो र खैरो दुई-रङको इन्टेरियर छ । । यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टच स्क्रिन छ । हाई भेरियन्टहरूमा १०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
एलईडी लाइटिङ, टच-बेस्ड क्लाइमेट कन्ट्रोल,प्यानोरामिक सनरूफ छ ।
कम्पनीले सुरक्षामा समेत ध्यान दिएको छ । ६ वटा एयर ब्याग छन् । इलेक्ट्रोनिक पार्किङ ब्रेक सिस्टम छ । हिल स्टार्ट र डिसेन्ट असिस्ट, चालकले ध्यान नदिएको पहिचान गर्ने प्रणाली, ब्लाइन्ट स्पट मोनिटरलगायतका सुविधाहरु छन् ।
अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम छ । जसले सवारीसाधन, पैदलयात्री, साइकल चालक जंक्सनलगायतमा ठोकिन रोक्छ । गाडीलाई सुरक्षित राख्नको लागि स्वचालित ब्रेकले काम गर्नेछ ।ब्याट्री प्याक ४५ किलोवाट आवर र ५५ किलोवाट आवरको ब्याट्री प्याक छ । ४५ किलोवाट आवरको ब्याट्री प्याक भएको भेरियन्टले ४३० किमी रेन्ज दिन्छ । टर्क २१५ एनएम छ । ५५ किलोवाट आवर ब्याट्री प्याक भएको भेरियन्टले ५०२ किमी रेन्ज दिन्छ । मोटर पावर १२३ किलोवाट आवर छ । ग्राउण्ड क्लियरेन्स १८६ एमएम छ ।
यो कारले ५ स्टार सेफ्टी रेटिङ समेत पाएको छ ।
टाटा सफारी ईभी
टाटा सफारी ईभी पनि टाटा को अटो एक्स्पोमा राखिनेछ ।
टोयोटा फर्चुनर एसयुभी टोयोटाले फर्चुनर एसयूभीमा हाइब्रिड प्रविधि प्रस्तुत गर्ने अनुमान गरिएको छ । फर्चुनर हाइब्रिड पहिले नै अन्तर्राष्ट्रिय बजारमा उपलब्ध छ र यसले ४८ भी माइल्ड-हाइब्रिड प्रविधि प्रयोग गर्छ । जसको साथमा २.८ लिटर डिजेल इन्जिन जोडिएको छ ।
स्कोडा कोडियाक
स्कोडाको कोडियाक को भारत मोबिलिटीमामा प्रदशर्नीमा राखिनेछ ।
विनफास्ट भीएफथ्री
वियतनामी अटोमेकर्स विनफास्टले विनफास्ट भीएथ्री एक्स्पोमा राख्ने घोषणा गरेको छ । भीएफथ्री इलेक्ट्रिक एसयुभीमा पनि समावेश छ। भीएफथ्रीले २१५ किमी सम्मको रेज प्रदान गर्न सक्षम छ ।
विनफास्ट भीएफ नाइन र विनफाष्ट भीएफ सेभेन समेत प्रदर्शनीमा राख्ने तयारी छ ।
बिवाईडी सिलायोन सेभेन
चिनियाँ अटोमेकर्स बीवाईडीलेले भारत मोबिलिटी एक्स्पोमा सिलायोन सेभेन प्रदर्शनीमा राख्ने तयारी गरेको छ । यो कारमा १५.६ इन्चको घुम्न मिल्ने इन्फोटेन्मेन्ट सिस्टम, प्यानोरमिक सनरूफ, र भेन्टिलेटेड सीटहरू छन् । यो कारले ५०२ किमी सम्मको रेन्ज दिन्छ ।
टोयोटा ल्याण्ड क्रुजर
टोयोटाले अटो एक्स्पोमा ल्याण्ड क्रुजर- २५० पनि प्रदर्शन गर्ने तयारी छ। अन्तर्राष्ट्रिय बजारमा ल्याण्ड क्रुजर- २५० पेट्रोल र डिजेल पावरट्रेनहरूमा उपलब्ध छ ।
मर्सिडिज बेन्च जी-५८०
हालैको लञ्च पछि मर्सिडिज बेन्च भारत मोबिलिटी एक्स्पोमा इलेक्ट्रिक जी क्लास प्रदर्शनीमा राखिने भएको छ । एक मात्र ११६ किलोवाट आवर ब्याट्री प्याक उपलब्ध छ ।
जसले ४५५ किमी सम्मको रेन्ज दिन्छ । अफ-रोड क्षमताहरूको साथ जी-५८० उपलब्ध हुने बताइएको छ । मर्सिडिज मेब्याच इक्विएस-६८० नाइट सिरिज पनि प्रदर्शनीमा राख्ने तयारी छ ।
१२२ किलोवाट आवरको ब्याट्री प्याक अप छ । ६११ किमी रेन्ज दिन्छ ।