क्याथे एयरलाइन्समा विषाक्त खानाबारे छानविन समिति गठन



काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्याथे प्यासिफिकको विमानमा पाइएको विषाक्त खानाको बिषयमा छानविन गर्न अध्ययन समिति बनाएको छ ।

विभागका महानिर्देशक संजिवकुमार कर्णका अनुसार विभागको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत तथा कोडेक्स तथा इन्फोसान सचिवालयका शाखा प्रमुख सुमन धितालको संयोजकत्वमा ४ सदस्यीय छानविन समिति बनाइएको छ ।

यो समितिलाई ७ दिनभित्र अध्ययन गरी प्रतिवेदन बुझाउन समयअवधि तोकिएको छ । काठमाडौंबाट हङकङ उडान गरेको हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानमा खाना खाएका ३६ यात्रु विरामी परेका थिए ।

काठमाडौंबाट हङकङ उडान गरेको हङकङको ध्वजावाहक क्याथे प्यासिफिकको विमानमा खाना खाएका ३६ यात्रु बिरामी परेका थिए । बिरामी भएका यात्रुमा खानाका कारण फुड पोइजनको समस्या देखिएको थियो ।

विभागका अनुसार विश्व खाद्य कार्यक्रम तथा विश्व स्वास्थ्य संगठनको संयुक्त रुपमा सक्रिय रहेको खाद्य स्वच्छता नियामक निकायहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्फोसान नेपालमा पनि सञ्चालनमा छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक कर्ण उक्त इन्फोसानको इमरजेन्सी कन्ट्याक्ट प्वाइन्टको रुपमा कार्यरत छ । सोही इन्फोसानको आज बसेको बैठकले विषाक्त खानाको बारेमा छानविन गर्ने निर्णय गरेको थियो ।


क्लिकमान्डु