यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय



काठमाडौं । गत २३ पुस (मंगलबार) साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ निर्णयहरू गरेको छ ।

बैठकले सशस्त्र प्रहरीका चार जना नायब महानिरीक्षकहरूको कार्यकाल थप गर्ने निर्णय गरेको छ।

बैठकले पुस २६ र २७ गते (शुक्रबार र शनिबार) हुने नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तरसरकारी समितिको बैठकका लागि वार्ता तथा छलफलको कार्यसूची स्वीकृत गरेको छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

आगामी फागुन १२ देखि १५ गतेसम्म रोम, इटालीमा हुने जनवायु परिवर्तनसम्बन्धी कार्यक्रममा वन तथा वातावरण राज्यमन्त्री रुपा विश्वकर्मालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

त्यस्तै बैठकले सहरी विकास मन्त्रालयका सहसचिव विष्णुप्रसाद शर्मालाई विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको कार्यकारी निर्देशकको रूपमा काजमा खटाउने निर्णय गरेको छ ।

परराष्ट्र मन्त्रालयका कायम मुकायम सचिव अमृतबहादुर राईलाई बढुवा गरी परराष्ट्र मन्त्रालयमै पदस्थापन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


क्लिकमान्डु