रवि, छवि र रामबहादुले अदालतको आदेशलगतै बुझाए धरौटी, तीनै जना कास्की प्रहरी हिरासतबाट मुक्त
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाएका छन् ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नीजित राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् ।
रविले ६५ लाख, जोशीसँग ८८ लाख, खनालले १५ लाख रुपैयाँ अदालते माग गरे बमोजिमको धरौटी बुझाएर रिहा भएका हुन । अदालतको आदेशलगत्तै तीन जना धरौटी बुझाएर रिहा भइसकेका छन् ।