रवि लामिछाने रिहा, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रिहा भएका छन् । जिल्ला अदालत कास्कीले धरौटीमा छाडेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौ जिल्ला अदालतमा आफैं उपस्थित हुने गरी रिहा गरिएको हो ।

कास्की जिल्ला अदालतले मुद्दा चलेका अन्य जिल्लामा आफैं उपस्थित हुने गरि लामिछानेलाई परिवारको जिम्मा लगाएको हो ।

लामिछाने आजै कास्की जिल्ला अदालतमा ६५ लाख धरौटी बुझाएर छुट्ने भएका छन् । लामिछाने छुटे लगत्तै प्रहरीले पक्राउ गरेर काठमाडौं जिल्ला अदालत ल्याउने तयारी भएको भएपनि लामिछाने भने आफैं जिल्ला अदालत काठमाडौंमा उपस्थित हुने तयारी गरेका छन् ।


क्लिकमान्डु