रविले धरौटी बुझाउने प्रक्रिया सुरु गरे, तीन जना छुटे
कास्की । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनले धरौटी बुझाउने प्रक्रिया सुरु गरेका छन् ।
सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा संलग्न रहेको आरोपमा दायर मुद्दाको थुनछेक बहसपछि अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
कास्की प्रहरी स्रोतका अनुसार, लामिछानेले अदालतको आदेशअनुसार धरौटी बुझाउन तयारी थालेका छन् ।
अदालतका अनुसार रिहा हुनेहरूमा आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ रहेका छन् । आरती र मीनालाई ५–५ लाख रुपैयाँ तथा कृष्णलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको थियो ।
उनीहरु धरौटी बुझाएसँगै रिहा भएका हुन् । तर लीला पछाईँलाई भने अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन् ।