४ विकास बैंक र २ फाइनान्स कम्पनीले निक्षेप फिर्ता गर्न सक्छन् कि सक्दैनन् भनेर खोज्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वटा विकास बैंक र २ वित्त कम्पनीले वाणिज्य बैंकका राखेको निक्षेपको खोजी गरेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्थ घोषणा गरेर आफैले टेक ओभर गरेको राष्ट्र बैंकले ४ वटा विकास बैंक र २ वित्त कम्पनीले वाणिज्य बैंकमा राखेको निक्षेपका बारेमा खोजी गरेको हो । केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई पत्र लेख्दै ६ वटा वित्तीय संस्थाले वाणिज्य बैंकमा कति कति निक्षेप राखेको छ भने खोजी गरेको छ ।

राष्ट्र बैंकको एक अधिकारीले ४ विकास बैंक र २ वित्त कम्पनीको खातामा कति रकम छ भनेर सोधेको पत्र पठाएको बताए । सम्बन्धित बैंकको खाताको विवरण संकलन गरिरहेको उनको भनाइ छ । उनले विकास बैंक र वित्त कम्पनीको नाम भने खुलाउन चाहेनन् ।

ती अधिकारीले ४ वटा विकास बैंक र २ वित्त कम्पनीले वाणिज्य बैंकमा राखेको निक्षेपका बारेमा सम्बन्धित बैंकसँग जानकारी माग गरेको बताए ।

‘हामीले अफ साइड सुपरभिजनअन्तर्गत ४ वटा विकास बैंक र २ वित्त कम्पनीले राखेको निक्षेपका बारेमा वाणिज्य बैंकलाई पत्र लेखेको हो’ राष्ट्र बैंकका ति अधिकारीले भने, ‘हामीले तीन बैंक तथा वित्तीय संस्थाले राखेको निक्षेपको बारेमा सोध्दैमा कुनै पनि बैंक तथा वित्तीय संस्था धरासायी बन्दै छ भनेर भन्न मिल्दैन । त्यो राष्ट्र बैंकको नियमति काम नै हो ।’ अफ साइड सुपरभिजन अन्तर्गत आवश्यक परे अन्य बैंक तथा वित्तीय संस्थालाई पनि सोध्न सकिने उनको भनाई छ ।

स्रोतका अनुसार नारायणी विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकले वाणिज्य बैंकमा राखेको निक्षेपको बारेमा राष्ट्र बैंकले विवरण मागरेको हो । यस्तै फाइनान्स कम्पनीमा जानकी र पोखरा फाइनान्स रहेका छन् ।


क्लिकमान्डु