पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छाड्न आदेश



पोखरा । सूर्यदर्शन सहकारी ठगी मुद्दामा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई धरौटीमा छोड्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ ।

ग्यालेक्सी मिडियाका सञ्चालक जोशीलाई शुक्रबार अदालतले धरौटीमा छाड्न आदेश दिएको हो।

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले जोशीलाई धरौटीमा छोड्न आदेश दिएको हो । उनलाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

त्यस्तै लीला पछाईँलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी लिएर छाड्न अदालतले आदेश दिएको हो ।


क्लिकमान्डु