पिपुल्स पावर कम्पनीले लाभांश नदिने
काठमाडौं । पिपुल्स पावर कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
आठौं बार्षिक साधारण सभा बोलाएको कम्पनीले यो पटक सेयरधनीलाई लाभांश दिने प्रस्ताव राखेको छ ।
कम्पनीले माघ २० गतेका लागि सभा बोलाएको हो । सभा प्रयोजनका लागि माघ ६ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ ५ गतेसम्म कायम रहेका सेयरधनीले आगामी सभामा भाग लिन पाउनेछन् ।